के तपाईंलाई थाहा छ, संसारमा मोटा मान्छे कति छन् ?

नेपालभ्युज

के तपाईंलाई थाहा छ, संसारमा मोटा मान्छे कति छन् ?

एजेन्सी । तौल बढ्नु भनेको अहिलेको समयमा एकदमै ठूलो समस्या भइसकेको छ । बुढादेखि बच्चासम्म मोटोपनको शिकार भइरहेका छन् । यसबाट युवा पनि पीडित छन् ।

हालै मात्र द लेसेन्टमा प्रकाशित एक अध्ययनमा पाइएको छ संसारभरमा एक अर्बभन्दा धेरै बच्चा र वयस्क मोटोपनको शिकार छन् ।

अध्ययनमा सहभागी प्रोफेसर डा माजिद इज्जतीले भने, “यो आँकडा एकदमै आश्चर्यजनक छ । वर्ल्ड ओबेसिटी फेडरेशनले सन् २०३० सम्म एक अर्ब मानिस मोटोपनको शिकार हुने भनेको थियो तर, अहिले नै यो संख्या पार भइसकेको छ ।”

डब्ल्यूएचओले विश्वव्यापी रुपमा १९० भन्दा धेरै देशका २२ करोड भन्दा धेरै व्यक्तिको ऊचाई र तौलको अध्ययन गरेको थियो ।

विश्लेषणमा कम तौल र मोटोपनको दरलाई केन्द्रमा राखिएको थियो । किनकी दुवै कुपोषणका रुप हुन् जो मानिसको स्वास्थ्यका लागि एकदमै हानिकारक छ ।

जसको बीएमआई अर्थात बडी मास इन्डेक्स ३० भन्दा धेरै वा त्यो बराबर थियो उनीहरुलाई मोटोपनको श्रेणीमा राखिएको थियो ।

अध्ययनको अनुमान छ कि सन् २०२२ सम्म लगभग ८८ करोड वयस्क र १५.९ करोड बच्चा मोटोपनको शिकार थिए ।

संसारभरका बच्चा तथा युवाको मोटोपनको दरमा सन् १९९० देखि २०२२ सम्म चार गुणा बढिसकेको छ । जबकी वयस्कमा मोटोपनको दर दुईगुणा बढेको छ ।

अध्ययनअनुसार संसारका दुईतिहाई देशमा मोटोपनको दर अब कम तौलको दर भन्दा धेरै छ । डब्ल्यूएचओले मोटोपन कम गर्न सरकार तथा विभिन्न संस्थाले मिलेर काम गर्नुपर्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved