इलाम : खड्का र थेगिमबीच टक्कर, साढे ३० हजार मत गणना हुँदा कसलाई कति ?

नेपालभ्युज

इलाम : खड्का र थेगिमबीच टक्कर, साढे ३० हजार मत गणना हुँदा कसलाई कति ?

काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १२ हजार मत कटाउँदा मतान्तर ४ हजार भन्दा बढीले फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४ सय ५ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ८ सय ८२ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा थेगिम र खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ३० हजार ५ सय ६३ सदर मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved