समुद्र शास्त्र : औंलाको नङमा हुने चन्द्रमाले के संकेत गर्छ ?

नेपालभ्युज

समुद्र शास्त्र : औंलाको नङमा हुने चन्द्रमाले के संकेत गर्छ ?

एजेन्सी । समुद्र शास्त्रअनुसार हाम्रो शरीरमा जो निशान हुन्छन्, त्यसले जीवनसँग जोडिएका राम्रा नराम्रा संकेत बताउँछन् ।

ती मध्ये एउटा हो औंला (Finger)को नङमा बनेको आधा चन्द्रमाको चित्र । यही बारेमा आज ज्योतिष विशेषज्ञबाट जानौं, नङमा आधा चन्द्रमा बन्नुको अर्थ के हुन्छ ?

यदि औंलाको नङमा आधा चन्द्रमा बनेको छ भने यसको अर्थ हुन्छ तपाईं अरुलाई सहयोग गर्न सधैं तयार हुनुहुन्छ ।

जो व्यक्तिको नङमा आधा चन्द्रमा बनेको हुन्छ उनीहरु एकदमै बुद्धिमान हुन्छन् । साथमा उनीहरु एकदमै बलवान पनि हुने गर्छन् ।

यस्तो निशानले यो पनि बताउँछ कि, उनीहरु सफा मनका व्यक्ति हुन्छन् । साथमा यिनीहरु कसैका लागि नराम्रो सोंच्दैनन् ।

जो व्यक्तिको औंलाको नङमा आधा चन्द्रमा बनेको हुन्छ उनीहरुलाई कहिल्यै पनि पैसाको समस्या हुँदैन । त्यस्ता व्यक्तिले मेहनत गरेर धनसम्पत्ति कमाउँछन् ।

यदि तपाईंको नङको चन्द्रमा सफा र गाढा देखिन्छ भने यसको अर्थ तपाईं शारीरिक र मानसिक रुपले एकदमै बलियो हुनुहुन्छ ।

तर, तपाईंको नङमा हल्का मधुरो देखिने खालको चन्द्रमा (Moon) छ भने यसले शारीरिक समस्यासँग लड्ने क्षमता कम भएको जनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved