रोल्स रोयसको गोजीमा अट्ने कारलाई पनि पर्छ आधा करोड

नेपालभ्युज

रोल्स रोयसको गोजीमा अट्ने कारलाई पनि पर्छ आधा करोड

एजेन्सी । जब कुरा विलासी कारको हुन्छ यसमा ब्रिटिश कार निर्माता कम्पनी रोल्स रोयस को नाम सबैभन्दा माथि हुन्छ । रोल्स रोयसका कार लुक्स र लग्जरी फिचर्सका लागि चिनिन्छन् ।

रोल्स रोयसका कारको मूल्य पनि एकदमै माथि हुन्छ, यसका सामान्य कारको मूल्य पनि करोडौंबाट सुरु हुन्छ । सामान्य मानिसले यी कार खरिद गर्ने सपना पनि नदेखे हुन्छ ।

जसरी रोल्स रोयसका कार महंगा छन् त्यसरी नै यसको स्केल मोडल अर्थात खेलौना कार पनि सामान्य मानिसको पहुँचबाट बाहिर छ ।

मात्र सजावट वा खेलौनाको रुपमा प्रयोग गरिने सानो कारको मूल्य पनि नेपाली आधा करोड पर्छ । हालै मात्र रोल्स रोयसले कुलिननको स्केल मोडल खेलौना कार लञ्च गरेको थियो । यो हातले नै बनाईएको खेलौना कारमा कम्पनीले १२ सय भन्दा धेरै कम्पोनेन्ट्स सामेल गरेको छ ।

सक्कली कारमा जसरी यो खेलौना कारमा पनि रंग चाहेअनुसारको बनाउन पाइन्छ । यो मोडेलमा ४० हजारभन्दा धेरै रंगको अप्सन दिइएको छ । खबरअनुसार यो एउटा कार बनाउन ४५० घण्टाको समय लाग्छ । जो सक्कली कार बनाउने समयको ठ्याक्कै आधा हो ।

यो खेलौना कारलाई रिमोटले पनि कन्ट्रोल गर्न सकिन्छ । यो विभिन्न प्रकारले घुम्न सक्छ र यसमा सक्कली कारमा जसरी ढोका, सिसा, टायर आदि रहेका छन् । यसमा सक्कली कारमा जसरी बत्ती पनि बल्छ ।

यसको लम्बाई ८ इन्च, चौडाई ३.५ इन्च र ऊँचाई २.६ इन्च छ । यसको तौल करीब ४९८ ग्राम रहेको छ । यो कार यति सानो र हल्का छ कि तपाईं गोजीमै राख्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved