नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ९५ करोड

नेपालभ्युज

नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ९५ करोड
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १९८० दशमलव ३४ को विन्दुमा पुगेको छ ।

सोमबार ३१७ कम्पनीका ४६ हजार ५ सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १४ अंकले बढेर ३५१ दशमलव ९५ को विन्दुमा पुगेको छ ।
सोमबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved