इलाममा एमालेका नेम्वाङले कटाए १० हजार मत, कांग्रेस ३ हजार बढीले पछाडि

नेपालभ्युज

इलाममा एमालेका नेम्वाङले कटाए १० हजार मत, कांग्रेस ३ हजार बढीले पछाडि

काठमाडौं । इलाममा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउदै गएको छ ।

एमाले उमेद्वार सुहाङ नेम्वाङले १० हजार मत कटाउदा मतान्तर पनि ३ हजार भन्दा बढीले फराकिलो बनाएका हुन् । केहीबेरअघि सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेद्वार डम्बर खड्काले ६ हजार ९ सय ४४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved