बयान लिएपछि महरालाई जिल्ला अदालत काठमाडौं लगियो

नेपालभ्युज

बयान लिएपछि महरालाई जिल्ला अदालत काठमाडौं लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान दिएपछि महरालाई म्याद लिनको लागि अदालत लगिएको हो ।

सोमबार बिहान भैरहवाबाट पक्राउ परेका महरालाई यति एयरको जहाजमार्फत् काठमाडौं ल्याइएको थियो ।

पक्राउपछि विप्लवसँग महराको जम्काभेट, भने : मलाई त साथीहरूले लिएर हिँडे

साउन २ गतेमा ब्रेक-सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरूङसहित मुछिएका थिए ।

बिहिबार सुन तस्करी जाँचबुझ आयोगले महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

सुन तस्करी प्रकरण : छोरा पक्राउ परेको ७ महिनापछि बाबु पनि हिरासतमा

भारत भाग्न लागेका थिए महरा, गाडी रोक्न नमानेपछि घेरा हालेर नियन्त्रणमा !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved