पक्राउपछि विप्लवसँग महराको जम्काभेट, भने : मलाई त साथीहरूले लिएर हिँडे

नेपालभ्युज

पक्राउपछि विप्लवसँग महराको जम्काभेट, भने : मलाई त साथीहरूले लिएर हिँडे

काठमाडौं । साेमबार बिहान सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौंमा ल्याउने तयारी गरिरहेको थियो ।

महरालाई भैरहवा विमानस्थलको भीआईपी कक्षमा पुर्याउँदा जनयुद्धका सहकर्मी नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो ।

विप्लव काठमाडौं आउन विमान कुरिरहेका थिए ।

एक्कासी भेट भएपछि महराले बसिरहेका विप्लवलाई सोधे, ‘कता हिँडेको कमरेड ?’

जवाफमा विप्लवले भने, ‘काठमाडौंतिर ।’

प्रहरीको घेरामा देख्दासमेत विप्लवले महरा पक्राउ परेको भेउ पाएका थिएनन् । विप्लवले महरालाई भने, ‘तपाईं कता हिँड्नु भयो ?’

महराले प्रहरीलाई देखाउँदै भने, ‘मलाई त साथीहरुले लिएर हिँडे ।’

उनीहरुबीच झण्डै ५ मिनेट कुराकानी भएको थियो । त्यसक्रममा विप्लवसँग रहेका नेताहरुले महराको स्वास्थ्यबारे पनि चासो राखेका थिए ।

महरा यती एयरलाइन्सको जहाजबाट र विप्लव श्री एयरको जहाजबाट काठमाडौं आए ।

साउन २ गतेमा ब्रेक(सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरूङसहित मुछिएका थिए ।

बिहिबार सुन तस्करी जाँचबुझ आयोगले महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved