उपचुनावमा जमानत जोगाउन नसकेको रास्वपाले गम्भीर समीक्षा गर्ने, बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

उपचुनावमा जमानत जोगाउन नसकेको रास्वपाले गम्भीर समीक्षा गर्ने, बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जित्ने दाबी गर्दै चुनावमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा जमानत समेत गुमाएपछि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

२९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी महामन्त्री मुकुल ढकालले बताए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा चौथो स्थानको मत आएपछि बस्न लागेको बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । चुनावमा विजयी नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बाहेक सबै उम्मेदवारको जमानत जफत भएको थियो ।

जित्ने दाबी गर्दै चुनावमा होमिएका रास्वपाका मिलन लिम्बूले पनि ५ हजार ५० भोटमात्र ल्याए । उनी चौंथो स्थानमा परे । जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।

यसै विषयमा छलफल हुने बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

शुक्रबार सचिवालयको बैठक बोलाएको छ । २४ वैशाखमा संसदीय दलको बैठक बोलाइएको छ । रास्वपाका नेताहरूले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दै छ ।

पार्टी बैठकमा सरकारमा सहभागिता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved