भारतको चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरु जाँदै, को-को छन् टोलीमा ?

नेपालभ्युज

भारतको चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरु जाँदै, को-को छन् टोलीमा ?

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न दलकाका नेताहरूलाई बोलाएको छ । निमन्त्रण स्वीकार गर्दै नेताहरू बुधबार दिल्ली जाँदैछन् ।

भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । जसमध्ये नेपालका पाँच पार्टीलाई बोलाएको हो ।

नेपाली कांग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली जान लागेका हुन् ।  जनमत पार्टीका पनि एक नेता जाँदैछन् ।

भाजपाले चुनावमा उनीहरूलाई केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने छ ।

भाजपाले अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बङ्गलादेशका बङ्गलादेश अवामी लिग, इजरायलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टीका प्रतिनिधि पनि बोलाएको छ ।

साथै श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू समेत दिल्ली जाँदैछन् ।

विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दाले भेटवार्ता गर्नेछन् । भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले पनि उनीहरूसँग भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved