भारत भाग्न लागेका थिए महरा, गाडी रोक्न नमानेपछि घेरा हालेर नियन्त्रणमा !

प्रहरीले स्रोतले भन्यो, “तै पनि महराको गाडी ब्यारिगेड छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले गाडीले घेरा हालेर गाडी नियन्त्रणमा लियो । धन्न सीमा छलेर भारत पुग्नुभएको थियो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो ।”

नेपालभ्युज

भारत भाग्न लागेका थिए महरा, गाडी रोक्न नमानेपछि घेरा हालेर नियन्त्रणमा !

काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि तनावमा रहेका पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई आइतबार झनै तनाव थपियो ।

कारण थियो थियो, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीलाई भेट्नू ।

गृहमन्त्री लामिछानेले गृहसचिवलाई साथमा राखेर कुँवर र ज्ञवालीसँगको भेटेका थिए । भेटमा सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयनको लागि महरालाई पक्राउ गर्न निर्देशन दिइएको थियो ।

सबैले थाहा पाएका त्यो सूचना महराले थाहा नपाउने कुनै थिएन । छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामै छन् । आफू पनि पक्राउ पर्ने भयले महरा आइतबार दिनभर बेचैन बने ।

अहिलेसम्म राजनीतिक उन्मुक्ति पाएका उनले अब भने बच्न नसकिने लागेर आइतबार राति काठमाडौं छाडे । विमानस्थल प्रयोग गरेर बाहिरिँदा पक्राउ पर्ने झनै खतरा थियो ।

यसैले आफूले प्रयोग गर्ने स्कर्पियो छाडेर एक निजी गाडी मगाए । बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडी एक सहयोगीले लिएर आए ।

२ जना सहयोगी लिएर महरा निजी गाडीमा नागढुङ्गाको बाटोबाट काठमाडौं बाहिरिए । प्रहरीले लोकेशन ट्रयाक गर्ने थाहा पाएर महरासहित सबैले पहिला प्रयोग गर्दै आएको मोबाइल पहिल्यै अफ गरिसकेका थिए ।

रातभर गाडीमै यात्रा गरेका महरा सोमबार बिहान कपिलवस्तु पुगे । मायादेवी १ पकडी पुगेर उनी एक सहयोगीमार्फत चिनेजानेको एक घरमा आराम गर्न बसे ।

त्यो घर थियो, स्थानीय वकिल मुसलमानको । बिहान ९ बजे महरा बसेको घरमा खाना तयार हुँदै थियो ।

उनी भने अलिगढवा नाकाबाट भारत भाग्न हतारमा थिए । उनलाई लागेको थियो, “जति अबेर गरिन्छ, प्रहरीको फन्दामा पर्ने उत्तिकै खतरा बढी हुन्छ ।”

यसैले बिहानको भातै नखाइ अलिगढवा नाकातिर हुइँकिए, उही रातो पजेरोमा । उनी आएको गाडी प्रहरीले पहिल्यै निगरानी गरेको रहेछ । नाका नजिक पुगेपछि महरा सवार गाडी रोक्न प्रहरी चौकीले ब्यारिगेड नै तेर्स्याएर राखेको थियो ।

प्रहरीले स्रोतले भन्यो, “तै पनि महराको गाडी ब्यारिगेड छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले गाडीले घेरा हालेर गाडी नियन्त्रणमा लियो । धन्न सीमा छलेर भारत पुग्नुभएको थियो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो ।”

पक्राउपछि महरालाई काठामाडौं ल्याइएको छ । अहिले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको कार्यालयमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved