भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, ६१ वर्षीय वृद्ध पक्राउ

नेपालभ्युज

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, ६१ वर्षीय वृद्ध पक्राउ
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजु पक्राउ परेका हुन् ।

फाजुले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved