आरती साह मृत्यु प्रकरण : सासु रेणुदेवी साह पक्राउ

आरती साह मृत्यु प्रकरण : सासु रेणुदेवी साह पक्राउ

जनकपुरधाम ।   आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आरती साहको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन् । यसअघि प्रहरीले सोही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो भने आरतीका पती मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको दाबी गर्दै सासु, ससुरा, श्रीमान, देवर लगायत विरुद्ध जाहेरी दिएका थिए ।

सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पती मोतीबाबु र ससुरा मदनमोहन माथि कर्तव्यज्यान मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो ।

आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौंमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनरत्त आरती साहको माइतीपक्षसँग केहीदिन अघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत घटनाको पुन अनुसन्धान गर्ने लगायतको ५ बुँदे सहमति गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved