तेस्रो लिंगीसँग जोडिएका केही अनौठा मान्यता

नेपालभ्युज

तेस्रो लिंगीसँग जोडिएका केही अनौठा मान्यता

एजेन्सी । त्यसो त तेस्रो लिंगीहरु पहिलेको तुलनामा अहिले धेरै नै खुला तथा सम्मानित भएका छन् । धेरै ठाउँमा उनीहरुले राम्रो नाम कमाइरहेका छन् । समाजमा राम्रो स्थान पाएको पनि देखिन्छ ।

तर, पनि तेस्रो लिंगीप्रति समाजमा यस्ता केही मान्यता रहिआएका छन् जसलाई कतिपयले अहिले पनि विश्वास गर्दछन् ।

यस्तो मान्यता छ कि तेस्रो लिंगीलाई आफ्नो मृत्युको आभास पहिले नै हुन्छ । त्यसैले उनीहरु आफ्ना अन्तिम दिनमा आवतजावत गर्न छोड्छन्, खाना समेत बन्द गर्छन् । उनीहरुले पानी मात्र पिउँछन् ।

अर्को यो मान्यता छ कि मरणासन्न तेस्रो लिंगीले दिएको आर्शिवाद एकदमै प्रभावकारी हुन्छ । मृत्यु हुँदा उनीहरुको शवयात्रा चुपचाप आधी रातमा गरिन्छ । तेस्रो लिंगीको मृत शरीर कसैले हेरेको खण्डमा उ फेरि पनि तेस्रो लिंगी नै भएर जन्मिन्छ भन्ने अन्धविश्वास छ ।

कतिपय ठाउँमा शव यात्रा गर्नु अघि जुत्ताचप्पलले पिट्ने तथा गाली गर्ने चलन पनि छ । यो विशेषगरी भारतका केही ठाउँमा पाइन्छ । तेस्रो लिंगीमा कसैको मृत्युपछि पूरा समुदाय एक हप्ताका लागि व्रत बस्ने प्रचलन पनि छ ।

भारतमा तेस्रो लिंगीलाई देवताको अवतार पनि मानिन्छ । त्यसैले शुभकार्य गर्ने बेलामा तेस्रो लिंगी समुदायलाई अगाडी लगाउने गरिन्छ ।

अहिले तेस्रो लिंगीको परिभाषा नै परिवर्तन भइसकेको छ । यसभित्र पनि धेरै प्रकारका हांगा रहेको प्रमाणित भइसकेको छ । यी मान्यता भने विशेषगरी Intersexuals लाई लिएर व्यक्त गर्ने गरिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved