इलाम : नेम्वाङ ४९८६ मतान्तरले अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

नेपालभ्युज

इलाम : नेम्वाङ ४९८६ मतान्तरले अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ९ सय ८६ मतान्तरले अगाडि रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ३४ हजार २६ सदर मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved