धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी, बजार पनि जोखिममा (तस्वीरहरू)

धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी, बजार पनि जोखिममा (तस्वीरहरू)

जनकपुरधाम । धनुषाधामस्थित रहेको संरक्षित वनमा भीषण आगलागी भएको छ। आगो २०औं बिघा क्षेत्रफलमा फैलिएको छ ।

अहिले धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका र गणेशमान चारनाथ नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणको प्रयास राखेपनि झन् फैलिँदै गएको छ ।

धनुषाधाम संरक्षित वनसँगै रहेको धनुषाधाम बजारमा समेत आगो सल्किने सम्भावना बढदै गएपछि स्थानीय त्रसित बनेका छन् । वनमा लागेको आगो तीव्र गतिमा बजारतर्फ बढीरहेकोले अन्य विभिन्न पालिका र छिमेकी जिल्लाबाट समेत बारुण यन्त्र मगाइएको छ ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सिरहा, महोत्तरीका विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउन गुहारेका छन् । समयमै आगो नियन्त्रणमा नआए बस्ती सखाप हुने सम्भावना छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आगो निभाउने प्रयास जारी राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved