अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नाउपाको बैठक स्थगित

नेपालभ्युज

अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नाउपाको बैठक स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा पार्टी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको थियो। स्थगित बैठक अब कहिले बस्छ भन्ने अनिश्चित बनेको छ।

पार्टी नेतृत्वको विषयमा रेशम चाैधरी-रञ्जिताबीच खटपट चलिरहेको छ । यस विषयमा पनि बैठकमा छलफल हुने सम्भावना थियो ।

रञ्जिता-रेशमबीच अध्यक्षका लागि शक्ति सङ्घर्ष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved