गाउँभरी छापा मार्दा कतै भेटिएन, पानी खान लाग्दा ‘कलधारा’बाट रक्सी निस्किएपछि प्रहरी चकित

नेपालभ्युज

गाउँभरी छापा मार्दा कतै भेटिएन, पानी खान लाग्दा ‘कलधारा’बाट रक्सी निस्किएपछि प्रहरी  चकित

गाउँमा घरेलु मदिरा नष्ट गर्न प्रहरी पुग्यो । दर्जनौँ घरमा छापा मार्यो‍ । घरेलु मदिरा कतै भेटिएन । बिना लेबलको घरेलु मदिरा अवैध मानिएकाले नष्ट गर्न प्रहरी गएको थियो । गाउँभर छापा मार्दा नभेटिएपछि निराश भएर प्रहरी टोली कार्यालय फर्किन लागेका थिए ।

थकित प्रहरीलाई प्यासले सतायो । नजिकै रहेको एक कलधारा (ह्यान्ड पम्पमा)मा पानी खान केही प्रहरी गए । उनीहरूले पम्पको ह्यान्डल दबाएर पानी निकालेर खान थाले । तब थाहा भयो, रक्सी लुकाएको ठाउँ ।

कलधाराबाट आएको पानी थिएन, रक्सी थियो । फिल्मको कथा जस्तो लाग्ने यो घटना भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । कलधाराबाट रक्सी निस्किएपछि केहीबेर प्रहरी नै चकित परेको थियो ।

‘कलधारा’ गाडिएको ठाउँमा उत्खनन् गर्दा प्रहरीले अवैध मदिराका ड्रम फेला पर्यो‍ । जसलाई ‘कल धारा’मा जोडेर मदिरा निकाल्ने गरिएको थियो । प्रहरीले उक्त स्थानबाट ६ सय लिटर अवैध मदिरा बरामद गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई महिलालाई पक्राउ गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved