नेपाली बजारमा ‘ग्यालेक्सी एमफाइभफाइभ फाइभजी’ सार्वजनिक, यस्ता छन् विशेषता 

नेपालभ्युज

नेपाली बजारमा ‘ग्यालेक्सी एमफाइभफाइभ फाइभजी’ सार्वजनिक, यस्ता छन् विशेषता 

काठमाडौं । सामसङले नेपाली बजारमा ‘ग्यालेक्सी एमफाइभफाइभ फाइभजी’ Galaxy M55 5G सार्वजनिक गरेको छ । ग्राहकहरूको लागि सेगमेन्टकै अनेक लिडिङ विशेषताहरू उपलब्ध गराउने क्रममा सामसङले सो मोबाइल सार्वजनिक गरेको हो ।

सामसङको लोकप्रिय Galaxy M series का यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर AMOLED प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्ने बताइएको छ ।

आइकोनिक डिजाइन

Galaxy M55 5G मा हामीले आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सक्छौँ । मात्र 7.8mm को चौडाइका साथ, सुपर स्लीक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको छ । Galaxy M55 5G हल्का हरियो र डेनिम ब्ल्याक दुई आकर्षक रङहरूमा उपलब्ध छन् ।

मोन्स्टर प्रदर्शन

4nm आधारित Qualcomm Snapdragon 7 Gen1 प्रोसेसरद्वारा सञ्चालित, Galaxy M55 5G ले छिटो र ज्यादै प्रभावकारी performance सुनिश्चित गर्दछ, सहज मल्टिटास्किङ सक्षम पार्दै मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्दछ ।

मोन्सटर ब्याट्री

5000 mAh ब्याट्री भएको Galaxy M55 5G ले विस्तारित ब्राउजिङ, गेमिङ र binge-watching sessions को लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ । 45W सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन् ।

मोन्सटर डिस्प्ले

120Hz रिफ्रेस रेट भएको 6.7” फुल एचडी प्लस डिस्प्लेका साथ Galaxy M55 5G ले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ । 1000 nits को हाई ब्राइटनेस मोड र भिजन बुस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मन पर्ने कन्टेन्टको मजा लिन सक्छन् ।

मोन्सटर क्यामेरा

Galaxy M55 5G मा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि 50MP (OIS) नो शेक क्यामेरा पाउन सकिन्छ पनि उपलब्ध छ । नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता AI-enhanced सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक उत्कृष्ट शटहरू खिच्न सक्छन् ।

मोन्सटर ग्यालेक्सी अनुभव

Galaxy M55 5G मा भएको भ्वाइस फोकस जस्ता आविष्कारले फोन कल गर्दा अरू वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रस्ट बनाइदिन्छ । यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई नै पुनः परिभाषित गरिदिएको छ ।

डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध कडा सुरक्षा पाउन सक्छन् । क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्ने सुविधा प्रदान गर्दछ ।

मेमोरी भेरियन्ट, मूल्य, उपलब्धता र प्रस्तावहरू

Galaxy M55 5G को 8/256GB संस्करणको ४८,९९९ रुपैयाँ र ज्ञद्दरद्दछटन्द्य संस्करणको ५३,९९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध Samsung Insta Finance सेवाको साथमा तपाईँले यो नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना २,४४९ बाट ०५ ब्याज दरमा सजिलो EMI मा प्राप्त गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved