सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदैँ , एमालेले मत दिने

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदैँ , एमालेले मत दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् ।

बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची राखिएको छ । सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन् ।

एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले केन्द्रबाट निर्देशन आएकाले सोडारीलाई विश्वासको मत दिने बताए । यसअघि एमाले अनिर्णित हुँदा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको वैशाख २१ र २२ गतेका बैठक स्थगित भएको थियो ।

वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात् यही जेठ ५ गतेभित्र विश्वासको मत लिनु पर्ने छ ।


Comment

One thought on “सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदैँ , एमालेले मत दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved