भक्तराज आचार्यको सम्झनामा इलामको सर्याेदयमा श्रद्धाञ्जली साँझ हुने

नेपालभ्युज

भक्तराज आचार्यको सम्झनामा इलामको सर्याेदयमा श्रद्धाञ्जली साँझ हुने

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय भक्तराज आचार्यको सम्झनामा श्रद्धाञ्जली साँझ आयोजना गरिएको छ । इलामको सुर्याेदय नगरपालिकाका सङ्गीत अनुरागीहरूको आयोजनामा ‘सम्झनामा भक्तराज’ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम सोमबार साँझ ५ बजे शान्तिचोकको विश्व होटलमा हुने कार्यक्रमका सञ्जय बरालले जानकारी दिए ।

कार्यक्रममा भजन शिरोमणि स्वर्गीय भक्तराजको विभिन्न गीतहरू लाइभ गाएर उनको स्मरण गरिनेछ । कार्यक्रमको आयोजकमा सञ्जय बरालसहित सङ्गीत अनुरागी सूर्योदयका निर्मला कट्टेल अग्रवाल, भूपेन्द्र राई, गायत्रा ओली, रगुन गुरुङ, सुरेन्द्र पौडेल पनि हुन् ।

श्रद्धाञ्जली साँझमा गायक तथा सङ्गीतकारहरू गणेश पराजुली, विकास चौधरी, भूपेन्द्र राई, पुजन प्रधान, रविन गुरुङले गीत गाउनेछन् । यस्तै गायिका निर्मला कट्टेल, गायत्रा ओली, सपना थापा मगरलगायतको स्वर पनि गुन्जने छ । साँझ ५ बजेपछि कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रम संयोजकमध्य एक सञ्जय बरालले भने, ‘‘नेपाली सुगम सङ्गीतमा भक्तराज आचार्यको महत्त्वपूर्ण योगदान छ । उहाँको निधनले सङ्गीत क्षेत्रको एउटा धरोहर ढल्यो । उहाँको भौतिक शरीर नभए पनि नेपाली साङ्गीतिक क्षेत्रमा उहाँ विस्मृत हुनुहुनेछैन । झन्झन् स्मरणीय बन्नुहुनेछ । उहाँका गीत र भजनहरूले सङ्गीत पारखीको मनमनमा उसैगरी झंकार दिइरहने छ । यसैले हामीले उहाँको सम्झनामा श्रद्धाञ्जली साँझ आयोजना गरेका हौँ ।’’

स्वर्गमा प्रभुलाई भेटेर भक्तराजले सोध्नेछन्, ‘कसरी शान्ति मिल्छ’ !

कार्यक्रममा भक्तराज आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’, ‘एक दिन मैले प्रभूसँग सोधे’लगायत दर्जनौँ लोकप्रिय गीत कलाकारहरूले लाइभ बाध्य बाधनसहित गाउनेछन् ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध गायक आचार्यले जीवनकालमा आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा विशिष्ट स्थान छ ।

सम्बिन्धत समाचार-

हजार सपनाबीच अस्ताए भक्तराज, यसरी भएका थिए स्वरविहीन

भजन शिरोमणि आचार्यको अन्तिम बिदाइ तस्वीरमा

तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ…


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved