भजन शिरोमणि आचार्यको अन्तिम बिदाइ तस्वीरमा

भजन शिरोमणि आचार्यको अन्तिम बिदाइ तस्वीरमा

काठमाडौं । अन्तिम श्रद्धाञ्जलीका लागि गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीरलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

कलाकारहरु आचार्यलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् ।

आजै अपरान्ह पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।

उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो ४ बजेतिर बाटोमै उनको निधन भएको थियाे । उनी लामो समयदेखि बिरामी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved