पहिचानवादीले कालो दिनका रूपमा मनाए फागुन १७ (तस्वीरहरू) 

पहिचानवादीहरूले कोशी नाम खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुसार पुन: नामाङ्करण गर्नुपर्ने माग गरिरहेका छन् । 

पहिचानवादीले कालो दिनका रूपमा मनाए फागुन १७ (तस्वीरहरू) 

काठमाडौं । पहिचानवादीहरूले फागुन १७ अर्थात् आजको दिनलाई कालो दिनका रूपमा मनाएका छन् ।

तत्कालीन प्रदेश नं. १ लाई कोशी नाम दिइएको एक वर्ष पुगेको र त्यो पहिचानको सन्दर्भमा कालो भएको उल्लेख गर्दै पहिचानवादीहरूले आजको दिनलाई कालो दिनका रूपमा मनाएका हुन् ।

२०७९ फागुन १७ गते तत्कालीन प्रदेश नं. १ लाई कोशी घोषणा गरिएको थियो । त्यसपछि निरन्तररूपमा आन्दोलित पहिचानवादी शक्तिहरूले काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेर कालो दिन मनाएका हुन् ।

उनीहरूले प्रदर्शनका क्रममा कालो कपडामा ‘पहिचान हाम्रो प्राण हो’, ‘नो कोशी’, ‘कोशी नाम खारेज गर’लगायतका नारा लेखेर बोकेका थिए ।

पहिचानवादीहरूले कोशी नाम खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुसार पुन: नामाङ्करण गर्नुपर्ने माग गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved