सुशासनलाई मुल आधार बनाएर सरकारले काम गरिरहेको छ : गृहमन्त्री श्रेष्ठ

सुशासनलाई मुल आधार बनाएर सरकारले काम गरिरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान अब नरोकिने बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार महोत्तरीमा कम्युन उन्मुख सामुहिक बसोबास आधारशिलाको २१ औं वार्षिकोत्सवमा बोल्दै यस्तो  बताएका हुन्  ।

उनले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताउँदै  सुशासनको अभियानमा अब विश्राम नलिने अडान प्रस्तुत गरे ।   सरकारले खुट्टा कमाउँला कि भनेर आशंका गरिरहेका प्रति लक्षित गर्दै उनले सरकारले सुशासनको अभियानमा ब्रेक नलगाउने स्पष्ट पारे ।

भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । ‘गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ‘शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।’

काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताएका उनले  पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गरेको जनाए ।

सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागी परेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।

अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा संम्लग्नहरुको छानबिन भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved