पक्राउ परेका बम्जनमाथि आरोपै आरोप : आनी बलात्कारपछि पोल खुल्ने डरले बेपत्ता पारेको उजुरी

बम्जनको आश्रममा पुगेका आफ्ना छोरी चेली हराएपछि २०७४ तिर पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । तर, ६ वर्षसम्म प्रहरीले बम्जनलाई फेला पार्न सकेको थिएन । मंगलबार सीआइबीले बम्जनलाई बुढानीलकण्ठबाट पक्राउ गर्न सफल भयो ।

नेपालभ्युज

पक्राउ परेका बम्जनमाथि आरोपै आरोप : आनी बलात्कारपछि पोल खुल्ने डरले बेपत्ता पारेको उजुरी

काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जन विभिन्न अभियोगमा पक्राउ परेसँगै उनका शङ्कास्पद गतिविधिको बारेमा फेरि एकपटक चर्चा शूरु भएको छ ।

२०७४ सालमा चार जना अनुयायीलाई बेपत्ता बनाएको आरोप लागेका उनीमाथी बलात्कारदेखि हत्यासम्मका उजुरी परेका छन् । उनीमाथि हालसम्म ६ जनामाथि अपराध गरेको उजुरी परेको छ ।

चारजना आनीलाई बलात्कार गरेको र पोल खुल्ने डरले हत्या गरी बेपत्ता बनाएको उजुरी छ । घटनाको रहस्य खुल्ने डरले बम्जनले २ जना शिष्यलाई बेपत्ता बनाएको आरोप छ ।

बम्जनको आश्रममा पुगेका आफ्ना छोरी चेली हराएपछि २०७४ तिर पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । तर, ६ वर्षसम्म प्रहरीले बम्जनलाई फेला पार्न सकेका थिएन । मंगलबार सीआइबीले बम्जनलाई बुढानीलकण्ठबाट पक्राउ गर्न सफल भएको छ ।

उनीमाथि मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता बनाएको आरोप छ । उनले तीन जना किशोरीलाई भने बलात्कार गरेको र पोल खुल्ने डरले हत्या गरेको आरोप छ ।

प्रहरी देखेपछि दुई तलामाथिबाट हामफालेका थिए बम्जन

त्यही ब्यहोराको उजुरी परेको थियो । उनीहरूको हत्या भएको हुन सक्ने आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन । बम्जनलाई पक्राउ गर्न प्रहरीले पटकपटक बारा, सिन्धुली र सिन्धुपाल्चोकमा छापा मारे पनि सफल भएको थिएन । अन्नत बम्जन बुढानीलकण्ठमा श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका हुन् ।

मकवानपुरका सञ्चलाल बाइबालाई खोज्ने क्रममा प्रहरीले बम्जन प्रकरण पछाडिको रहस्य छेऊ पुगेको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँको तोड्केमा रहेको आश्रममा छापा मार्दा प्रहरीले नुनको पोका बरामद गरेको थियो ।

सो नुन हत्यापछि शव गाड्न प्रयोग गरिएको आशंका छ । चार फिट गहिरो खाल्डो खन्दा नुनको पोका भेटिएपछि यो आशंका गरिएको थियो । यद्यपि, शवको अवशेष भने भेटिएन ।

त्यसअघि ३० भदौ २०७६ मा रौतहटकी एक किशोरीले बम्जनले आफूमाथि बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । तर, दबावका कारण उनले उजुरी दिन सकिनन् र बम्जन जोगिएका थिए । पछि पीडित भनिएकी किशोरीले जबरजस्ती करणीको कसुरमा उजुरी दिएपछि अहिले बम्जन प्रकरण फेरि चर्चामा आएको थियो ।

त्यो बेलामा प्रहरीले बम्जनलाई खाेजे पनि भाग्न सफल भएका थिए । उनी आरोप लागेदेखि सार्वजनिक गतिविधिमा देखिएका थिएनन् ।
प्रहरीले सिन्धुपाल्चोक, लमजुङ, सर्लाही, मकवानपुरलगायतका क्षेत्रका रहेका आश्रममा पनि निगरानी बढाएको थियो ।

कथित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved