कथित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

नेपालभ्युज

कथित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

काठमाडौं । आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेका छन् ।

बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए । उनीमाथि हत्या, बलात्कार र अपहरणको आरोप छ ।

उनलाई बुढानिलकन्ठबाट पक्राउ गरिएको हो । यसअघि उनले बारा, सिन्धुपाल्चोक, सिन्धुली लगायतका स्थानमा आश्रम बनाएर कथित तपस्या गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved