बालेन्द्रलाई ओलीको प्रश्न : कहीँ हेप्ने मानिस नभेटेपछि सुकुम्बासीहरूलाई हेप्ने ?

नेपालभ्युज

बालेन्द्रलाई ओलीको प्रश्न : कहीँ हेप्ने मानिस नभेटेपछि सुकुम्बासीहरूलाई हेप्ने ?

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंको लोकतन्त्रमा सुकुम्बासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरूलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरलाई सुझाव दिए ।

महानगरले लालपूर्जा नभएको भन्दै सुकुम्बासी बस्तीहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताए ।

उनले मेयर साहलाई सुकुम्बासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्ने ? भनि प्रश्न पनि गरे ।

सुकुम्बासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई छ ।

उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि जानकारी दिए ।

अध्यक्ष ओलीले सुकुम्बासीमाथि ज्यादति नगर्न पनि पटकपटक आग्रह गरे ।

त्यस अवसरमा उनले सुकुम्बासी समस्या समाधानमा आफूले सरकारमा रहँदा काम गरेपनि हटेपछि अघि बढ्न नसकेको जिकिर पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved