प्रहरी देखेपछि दुई तलामाथिबाट हामफालेका थिए बम्जन

नेपालभ्युज

प्रहरी देखेपछि दुई तलामाथिबाट हामफालेका थिए बम्जन

काठमाडौं । आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जन मंगलबार पक्राउ परेका छन् ।

बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार साँझ बुढानिलकन्ठबाट पक्राउ गरेको हो । उनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

स्रोतका अनुसार विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडा स्थित निवासमा प्रहरी टोली पुगेर उनलाई घरबाट पक्राउ गरिएको हो । त्यसक्रममा प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । त्यसपछि सीआईबीबाट खटिएको टोलीले भुइँतलाबाट उनलाई पक्राउ गरेको हो । उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको स्रोतले जनाएको छ।

बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो।

पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनी  सिन्धुली र मकवानपुरको जंगलमा बस्दै आएको खुलेको छ । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उनीमाथि आफ्नो आश्रममा बस्दै आएका सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइवा बेपत्ता पारेको अभियोग विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो।

उनले तीमध्ये एक जनालाई सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा हत्या गरेको आशंका प्रहरीको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved