लुम्बिनी सहितका पहाडी भेगमा आंशिक बदली, केही ठाँउमा हुरी चल्ने

नेपालभ्युज

लुम्बिनी सहितका पहाडी भेगमा आंशिक बदली, केही ठाँउमा हुरी चल्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ । आज राती भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिक देखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हावा–हुरीको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved