सात वर्षपछि धुर्मुस–सुन्तलीको स्टेजमा पुनरागमन, मेला–महोत्सवमा अत्यधिक माग

धुर्मुस–सुन्तलीले पुस २९ मा कैलालीको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन् । माघ १ गते अत्तरियामा, माघ ३ गते कैलालीकै बाँसगढी महोत्सव र माघ ५ गते बर्दिया राजापुर महोत्सव’ मा पनि उनीहरूले प्रस्तुति दिने तय भएको छ ।

नेपालभ्युज

सात वर्षपछि धुर्मुस–सुन्तलीको स्टेजमा पुनरागमन, मेला–महोत्सवमा अत्यधिक माग

काठमाडौं । हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को फेरि स्टेजमै पुनरागमन भएको छ । चितवनमा अन्ताराष्ट्रिय क्रिक्रेट रङ्गशाला बनाउन भनेर अभियानमा लागेसँगै उनीहरू स्टेजमा देखिएका थिएनन् ।

रङ्गशाला बनाउने अभियान असफल भएपछि उनीहरू फेरि सात वर्षपछि मञ्चमा फर्किएका हुन् ।

महोत्सवमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिने गरेका छन् । दुवैको केमेस्ट्रीलाई दर्शकले पनि मन पराएको महोत्सवको भिडभाडबाट थाहा पाउन सकिन्छ ।

यसअघि उनी स्टेजमा नदेखिए पनि कलाकर्ममा भने निरन्तर थिए । फिल्म र भिडिओमा भने उनीहरू देखिँदै आएका थिए ।

गतसाता उनीहरूले धादिङ र कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिएर स्टेजमा फर्किएका हुन् । महोत्सवमा देखिन थालेपछि उनीहरूको अहिले मेला–महोत्सवमा माग बढ्दो छ ।

उनीहरूको जोडीलाई यतिखेर देशभरिका विभिन्न मेला–महोत्सवमा खोज्न थालिएको छ । यसबीचमा उनीहरूको थुप्रै कार्यक्रमसमेत तय भइसकेका छन् ।

धुर्मुस–सुन्तलीले यही पुस २९ गते कैलालीको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन् । त्यसैगरी, माघ १ गते कैलालीकै अत्तरियामा आयोजना हुने महोत्सवमा प्रस्तुति दिँदैछन् ।

त्यसैगरी माघ ३ गते कैलालीकै बाँसगढी महोत्सव र माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’ मा पनि उनीहरूले प्रस्तुति दिने तय भएको छ ।

माघ ६ गते यस जोडीले दाङको भालुवाङमा ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ प्रस्तुति दिनेछन् । माघ ८ गते पनि गोरखाको आरुघाट महोत्सवमा प्रस्तुति दिने टुङ्गो लागेको छ ।

२०७२ सालपछि धुर्मुस सुन्तली जोडी बस्ती निर्माणदेखि रङ्गशाला निर्माणलगायतका सामाजिक सेवामा लाग्दा कलाकारिताबाट टाढा भएका थिए ।

सम्बन्धित समाचार –

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला : परिबन्धको चक्रव्यूहमा धुर्मुस-सुन्तली

धुर्मुस सुन्तलीलाई प्रश्न गरौँ, प्लिज ! गालीचाहिँ नगरौँ

कहिले हुन्छ धुर्मुस सुन्तलीले छाडेको रंगशालाको स्वामित्व हस्तान्तरण ?

‘धुर्मुस सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved