‘धुर्मुस सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा

लोकप्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा परेको छ। युट्युबमा १३ दिनअघि सार्वजनिक उक्त फिल्मले सोमबार साँझसम्म २२ लाखभन्दा बढी भ्युज पाइसकेको छ।

नेपालभ्युज

‘धुर्मुस सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा

काठमाडौं। लोकप्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा परेको छ। युट्युबमा १३ दिनअघि सार्वजनिक उक्त फिल्मले सोमबार साँझसम्म २२ लाखभन्दा बढी भ्युज पाइसकेको छ।
२ घण्टा लामो फिल्ममा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा छन्।

फिल्मका अन्य कलाकारमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापा छन्।

लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन्। फिल्म सुदीप बरालले छायांकन तथा मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

कोभिड महामारीको समयमा चितवन आसपास छायांकन गरिएको ‘म त मर्छु कि क्या हो’ फिल्म ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि युट्युबमा सार्वजनिक गरिएको हो।

कट्टेलले भनेका छन्, ‘‘यसलाई हामीले वेब फिल्म भनेका छौँ। ठूलो पर्दाको चलचित्र भने होइन।’’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरूपमा फिल्म निर्माण गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved