जयशंकरको नेपाल भ्रमण

दुई देशका मन्त्रीले ३ वटा विद्युत् प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने, यस्ता छन् अरू एजेन्डा

सोही क्रममा दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन हुने स्रोतको दाबी छ ।

नेपालभ्युज

दुई देशका मन्त्रीले ३ वटा विद्युत् प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने, यस्ता छन् अरू एजेन्डा

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा प्रसारण लाइनको पनि उद्घाटन हुने भएको छ । जयशंकर र नेपाली समकक्षी एनपी साउदले बिहीबार १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

भारतीय विदेशमन्त्री जयशंकर बिहीबारै नेपाल आउनेछन् । नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् ।

सोही क्रममा दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन हुने स्रोतको दाबी छ ।

जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने छ । दुवै देशका ऊर्जा सचिवले हस्ताक्षर गर्नेछन् ।

भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत जेठसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रारम्भिक सहमति भएको थियो ।

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ ।

संयुक्त आयोगको बैठकमा दुवै देशबिच वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सह सचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने छ ।

विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा भारतसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरहरूमा सीधा उडानका लागि अनुमति दिने पनि संस्कृति मन्त्रालयले प्रस्ताव गर्ने बताइएको छ ।

जयशंकरको नेपाल भ्रमण, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएको सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने

नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य सहरहरूको उडानका बारेमा पनि छलफल हुनेछ ।

त्यसैगरी बैठकमा बुद्ध एयरलाई भारतका पटना, लखनउ, गया, देहरादुनलगायतका शहरमा सिधा हवाई उडानको अनुमति दिन समेत भारतलाई आग्रह गरिने बताइएको छ ।
संयुक्त आयोगको बैठकअघि दुई देशका ऊर्जा मन्त्रालयबिच आज छलफल हुँदै छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकको तयारीको लागि परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर एजेन्डाबारे छलफल गरेका थिए । मन्त्री साउदले मंगलबारै पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग छलफल गरेका थिए ।

परराष्ट्रमन्त्री स्तरीय बैठकमा वाणिज्य मन्त्रालयका एजेन्डाहरू-

– दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास ।

– कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

– भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्ताव ।

– नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव ।

– ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव ।

– भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको एंटी डम्पिंग ड्युटी हटाउनु पर्ने प्रस्ताव ।

– नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव ।

सम्बन्धित समाचार –

कांग्रेस बैठकमा मन्त्री साउदको रिपोर्टिङ (पूर्णपाठसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved