कांग्रेस बैठकमा मन्त्री साउदको रिपोर्टिङ (पूर्णपाठसहित)

नेपालभ्युज

कांग्रेस बैठकमा मन्त्री साउदको रिपोर्टिङ (पूर्णपाठसहित)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो मन्त्रालयको प्रगति विवरणको रिपोर्टिङ गरेका छन्।

सानेपामा जारी बैठकमा  शुक्रबार मन्त्रालयको प्रगति विवरण पेश गर्दै उनले द्विपक्षीय भ्रमण तथा बैठक, कूटनैतिक मामिलाका र वैदेशिक रोजगारीको अवस्थाबारे चर्चा गरेका हुन् ।

साउदले गठबन्धन सरकारले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको जानकारी दिए ।

यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्ध बलियो भएको उनले बताए ।

यस्तो छ पूर्णपाठ 

वर्तमान सरकार गठन (२०७९।०9।10) भए पश्चात हालसम्म परराष्ट्र सम्बन्ध सञ्चालनमा भएका महत्वपूर्ण गतिविधि तथा उपलब्धिहरु।

अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन
वर्तमान सरकारले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ।

यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रिपूर्ण सम्बन्ध थप सुदृढ भएका छन्।

द्विपक्षीय भ्रमण तथा बैठकहरुः
मित्रराष्ट्र भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले मिति २०८०।०२।१७ देखि २०८०।०२।२० सम्म भारतको औपचारिक भ्रमण गर्नुभएको। भ्रमणका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका राष्ट्रपति तथा उप-राष्ट्रपतिसँग शिष्टाचार भेटघाट गर्नुभएको।

साथै भारतका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय बैठक गर्नुभएको।

उक्त अवसरमा विभिन्न ७ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको तथा ५ वटा विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास सम्पन्न भएको।

साथै नेपाल-भारत सम्बन्धका राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक लगायतका विविध पक्षहरुमा छलफल भएको।

मित्रराष्ट्र चीनकोState Council का Premier महामहिम लि छियाङको निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले मिति 2080 असोज 06-१३ सम्म चीनको भ्रमण गर्नुका साथै चीनको हङ्जाउमा आयोजित 19 औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको।२५ सेप्टेम्बर २०२३ मा महामहिम लि छियाङसँगको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापश्चात निम्न समझदारीपत्रहरुमा हस्ताक्षर भएकोः

हिल्सा-सिमिकोट सडक परियोजना र नेपाल-चीन पावर ग्रीड इन्टरकनेक्सन परियोजना सम्बन्धी समझदारीपत्र,
शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्र,

नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी समझदारीपत्र,

कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्र,

शास्त्रीय महत्वका पुस्तकहरुको अनुवाद र प्रकाशनसम्बन्धी समझदारीपत्र,

हरित तथा न्यून कार्वर विकासका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्र,

डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र,

नेपाल-चीन व्यापार तथा भुक्तानी सम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन सम्बन्धी समझदारीपत्र,

वनस्पतिमा आधारित औषधिजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता (फाइटोसेनिटरी) शर्तसम्बन्धी प्रावधान समेटिएको प्रोटोकल,

चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरण सम्बन्धी पत्रको आदानप्रदान,

चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण सम्बन्धी प्रमाणपत्र,

नेपाली सरकारी कर्मचारीहरुलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री श्री एन्टोनी व्लिङ्केनको निमन्त्रणामा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यूले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति 2080 कार्तिक 12-18 (29 अक्टोबर -4 नोभेम्बर 2023) सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुभएको।

भ्रमणका क्रममा माननीय परराष्ट्र मन्त्रीज्यूले अमेरिकी विदेशमन्त्री महामहिम एन्टोनी व्लिङ्केनसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता गर्नुका साथै USAID का Administrator महामहिम श्री समन्था पावर, सिनेटन श्री क्रिस भान होलान, US International Development Finance Corporation (DFC) का CEO श्री स्कोट नाथन, MCC का CEO महामहिम श्री अलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री श्री उज्रा जेया, तथा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ डाइरेक्टर श्री आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेट गर्नुभएको।

भेटघाटका अवसरमा नेपाल-अमेरिका सम्बन्धको सुदृढीकरण एवम् द्विपक्षीय सहयोग विस्तारका सम्भावनाहरुका बारेमा छलफल भएको।

६ मे 2023 मा सम्पन्न बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू सहभागी हुनुभएको।

वेस्टमिनिस्टर आबीमा राज्याभिषेक समारोह र बकिङघम दरबारमा भएको स्वागत समारोहका अवसरमा माननीय परराष्ट्रमन्त्रीज्यूले राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्यहरु, बेलायती प्रधानमन्त्री, विदेश सचिव तथा ब्रिटिस क्याविनेटका मन्त्रीज्यूहरुसँग भेटघाट तथा नेपाल-बेलायत सम्बन्धका विविध पक्षहरुमा छलफल गर्नुभएको।

बंगलादेशको ढाकामा १३ मे २०२३ (२०८०।०१।३०)मा सम्पन्न 6th Indian Ocean Conference मा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू सहभागी हुनुभएको।सम्मेलनमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री साउदज्यूले भारतका विदेश मन्त्री महामहिम एस जयशंकर, जापानका Parliamentary Vice Minister H.E. Takagi Kei, सिंगापुरका Minister in the Prime Minister’s Office and Second Minister for Foreign Affairs and Second Minister for Education H.E. Dr. Mohamed Maliki bin Osman तथा संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary Ms. Afreen Akhter लगायतसँग भेटघाट तथा आपसी हितका विभिन्न विषयमा छलफल गर्नुभएको।

परराष्ट्र सचिव श्री भरतराज पौड्यालज्यूको मैत्रीपूर्ण निमन्त्रणामा भारतका परराष्ट्र सचिव श्री विनय मोहन क्वात्राले 13-14 फ्रेबुअरी 2023 सम्म नेपालको दुइदिने भ्रमण गर्नुभएको।

उक्त अवसरमा अन्तरआवद्धता अभिवृद्धि, विद्युत व्यापार, कृषि, स्वास्थ्यलगायत विविध विषयमा छलफल भएको।

UK Minister for Defence People, Veterans and Service Families H.E. Dr. Andrew Morrison MPले २०७९।१०।२६ मा नेपाल भ्रमण गर्नुभएको। नेपाल र वेलायतलेयस वर्षलाईNepal-UK Friendship Treaty सम्पन्न भएको १०० वर्ष र सगरमाथा शिखरको प्रथम आरोहणको ७० वर्षको रुपमा मनाइरहेका।

UK Minister of State in the Foreign Commonwealth and Development Office Ms. Anne-Marie Trevelyanले २०७९।११।२६ मा नेपालको भ्रमण गर्नुभएको।

Ms. Anne-Marieको प्रधानमन्त्रीसँगको भेटघाटका अवसरमा नेपाल-UKद्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको।

US Under Secretary of State for Political Affairs Ms. Victoria Nulandले २०७९ माघ २९-३० सम्म नेपालको भ्रमण गर्नुभएको।

Ms. Victoria Nulandको प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटघाटका अवसरमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका व्यापार, लगानी प्रवर्द्धन लगायतका विविध विषयमा छलफल भएको।

European Commissioner for International Partnerships H.E Ms. Jutta Urpilainen ले २०७९।१०।२५ मा नेपाल भ्रमण गरी युरोपियन युनियनको सहयोगमा कार्यान्वयन भैरहेका कार्यक्रमहरूको अवलोकन र उच्चस्तरीय भेटघाट गर्नुभएको।

जनवादी गणतन्त्र चीनको Xizang Autonomous Region का Party Secretary, H.E. Mr. Wang Junzhengले ८-११ नोभेम्बर२०२३ सम्म नेपालको भ्रमण गर्नु भएको।

प्रतिनिधिमण्डलको भ्रमणको क्रममा २ वटा सम्झौताहरु-

Memorandum of Understanding On Establishment of Sister City Relation Between Bharatpur Metropolitan City Chitwan District, Bagmati Province, Nepal and Shigatse City, Tibet Autonomous Region of Republic of China र Memorandum of Understanding on Project Aid to Nepal मा हस्ताक्षर भएको।

नेपालको कूटनीतिक सम्बन्ध स्थापनालाई विस्तार गर्दै लगिएको। नेपाल र मार्सल आइल्याण्डबीच 23 जुन 2023 मा कूटनीतिक सम्बन्ध स्थापना भएको।

हाल नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरिएका मुलुकको संख्या कूल १८१ पुगेको।

नेपाल र छिमेकी मित्रराष्ट्र वंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमाअन्तरसंवाद, गोष्ठि र साँस्कृतिक कार्यक्रमहरू आयोजना गरी मनाइएको।

२०७९।१०।२३ मा मित्रराष्ट्र टर्कीमा गएको विनासकारी भुकम्पमा सहयोग स्वरुप नेपालले औषधि स्वास्थ्य उपकरण, न्यानो कपडा,बेबी फुड लगायतका २२ टन राहत सामाग्री पठाइएको।

USAIDका Administrator H.E. Samantha Power ले २०७९।१०।२४ मा नेपाल भ्रमण गरी USAIDको सहयोगमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको अवलोकन एवम् उच्चस्तरीय भेटघाट गर्नुभएको।

कूटनीतिक ब्रिफिङ्ग

मिति २०८०।०२।०१ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपालस्थित विदेशी नियोगका प्रमुखहरुलाई Diplomatic Briefingगर्नुभएको ।

सो अवसरमा प्रधानमन्त्रीज्यूले नेपालको वर्तमान राजनीतिक परिस्थिति, आर्थिक स्थिति, नेपालको परराष्ट्र नीति र सरकारका प्राथमिकताका बारेमा जानकारी गराउनुभएको।

२०८०।०२।०३ गते माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश साउदज्यूले विदेशस्थित सबै नेपाली नियोगका प्रमुखज्यूहरुलाई सम्बोधन गर्नुभएको।

सम्बोधनमा मन्त्रीज्यूले नेपालको विकासका लागि अनुकूल अन्तर्राष्ट्रिय परिस्थित निर्माण गर्न सबै मित्रराष्ट्रबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न एवं अन्तर्राष्ट्रिय समुदायमा मुलुकको छवि उच्च बनाउनको लागि अझ सक्रिय र प्रभावकारी रहन बताउनुभएको।

द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरु
नेपाल-चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठक २०७९।१२।२३ मा बेइजिंगमा सम्पन्न भएको। बैठकमा नेपाल-चीन सम्बन्धलाई अझ बलियो बनाउन उच्चस्तरीय भेटघाटको निरन्तरता, आर्थिक सहायता, व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन, संजाल विस्तार तथा कृषि, शिक्षा, संस्कृति तथा जनस्तरमा सम्बन्ध विस्तार गर्ने सम्बन्धमा छलफल भएको।

नेपाल र युरोपेली संघबीच स्थापना भएको Nepal-European Union Joint Commissionको १४ औं वैठक २०७९।१०।१८ मा बेल्जियममा सम्पन्न भएको।उक्त बैठकमा द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन, हवाई सुरक्षा, जनस्तरमा सम्बन्ध बिस्तार, मानव अधिकार, जलवायु तथा वातावरण लगायतका विषयहरुमा छलफल भएको ।

नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक २०७९।१०।०३मा काठमाण्डौंमा सम्पन्न भएको।

बैठकमा नेपाल-फ्रान्स द्विपक्षीय व्यापार, लगानी, प्रविधि हस्तान्तरण, पर्यटन तथा कोभिड-१९ पछाडीको आर्थिक पुनरुत्थानका विषयमा छलफल भएको।

सो अवसरमा नविकरणीय उर्जा विकास, low carbonपूर्वाधार निर्माण र जालवायु परिवर्तनअनुकुलमा समन्वय गर्ने उद्देश्यले नेपाल-फ्रान्स Green Roadmap अपनाइएको।

नेपाल-बेलायत द्विपक्षीय कूटनीतिक संयन्त्रको छैठौं बैठक २६ अप्रिल २०२३ मा बेलायतको Foreign, Commonwealth and Development Office (FCDO) लण्डनमा सम्पन्न भएको।उक्त बैठकमा नेपाल-बेलायतबीचको द्विपक्षीय सम्बन्धका विकास सहायता, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, शिक्षा, मानव विकासका साथै भूतपूर्व गोर्खा सैनिका विषयमा छलफल भएको।

नेपाल-बेल्जियम द्विपक्षीय परामर्श संयन्त्रको दोश्रो वैठक २ फेब्रवरी २०२३ (२०७९।१०।१९) मा ब्रसेल्समा सम्पन्न भएको।

उक्त बैठकमा द्विपक्षीय आपसी हितका विषयहरु जलवायु परिवर्तन तथा दिगो विकासका साथै व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र विकास सहायता सम्बन्धमा छलफल भएको।

नेपाल-दक्षिण कोरिया द्विपक्षीय संयन्त्रको छैंठौं बैठक २०८०।०१।०१ मा सिओलमा सम्पन्न भएको।

उक्त बैठकमा नेपाल-दक्षिण कोरियाबीच व्यापार, लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, शिक्षा, उर्जा, प्रविधि हस्तान्तरण र जनस्तरमा सम्बन्ध बिस्तार गर्न समन्वय गर्ने सम्बन्धमा छलफल भएको।

नेपाल र दक्षिण कोरियाबीच अफिसियल र कूटनीतिक राहदानीबाहकलाई Visa Waive गर्ने सम्झौतामा हस्ताक्षर गर्न सहमति भएको।

नेपाल-जापान द्विपक्षीय कूटनीतिक संयन्त्रको चौंथो बैठक २०८०।०१।०५ मा टोकियोमा सम्पन्न भएको।

बैठकमा नेपालको निर्यात व्यापार तथा लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, फोहोर व्यवस्थापन, विपद व्यवस्थापन, वैदेशिक रोजगारी व्वस्थापन विषयमा छलफल भएको।

 

अन्य बैठकहरु

Nepal-China Coordination Mechanism on Border Trade and Cooperation को पहिलो बैठक जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासामा 29 मार्च 2023 मा सम्पन्न भएको।

रसुवागढी–केरुङ नाका दुईतर्फी व्यापार र दुई देशका नागरिकहरुको आवागमनका लागि 01 अप्रील 2023देखि पूर्णरुपमा सञ्चालनमा आएको।

चीनले जिलोङ (रसुवा) सुख्खा बन्दरगाहमा यात्रुको क्लियरेन्स सुचारु गरेको।

तातोपानी/झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी/पुलाङबाट मानव आवतजावत/यात्रु ओसारपसार गते 01 मे 2023 देखि सुचारु भएको।

नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रिड कर्पोरेशन अफ चाइना बीच संयुक्त समूहको चौथो बैठक 13-14 जुन 2023 मा बेईजिङमा सम्पन्न भएको।

बैठकमा क्रस बोर्डर प्रसारण लाइन निर्माणका सम्बन्धमा छलफल भएको।

Nepal-China’s Tibet Trade Facilitation Committee (NTTFC)को एघारौं बैठक जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा २५-२६ जुलाई २०२३ मा सम्पन्न भएको।

बैठकमा दुई पक्षले नेपाल र चीनको TAR बीचको द्विपक्षीय व्यापार सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, व्यापार सम्बन्धी पूर्वाधारलगायतका क्षेत्रमा सहयोगका नयाँ क्षेत्रहरू पहिचान गरेको।

क्षेत्रीय सहयोग एवम् सहकार्य

नेपाल सदस्य रहेको क्षेत्रीय संगठनहरूमार्फत भएका सहकार्यले आपसी सहयोगका क्षेत्रहरू विस्तार गरी अन्तरआवद्धता वृद्धि गर्न सहयोग पुगेको छ।

१७ जुलाई २०२३मा थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको BIMSTEC परराष्ट्रमन्त्रीहरुको रिट्रिटकार्यक्रममा माननीय परराष्ट्र मन्त्री नारायण प्रकाश साउदज्यूको नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिएको।

माननीय मन्त्रीज्यूले BIMSTECका सदस्य राष्ट्रका counterparts सँग भएका द्विपक्षीय बैठकमा BIMSTECक्षेत्रका साझा चासोका विषयमा छलफल गर्नुभएको।

एशिया सहयोग संवाद Asia Cooperation Dialogue (ACD) को18 औँ मन्त्रीस्तरीय बैठक (18th Ministerial Meeting of ACD)20 सेप्टेम्बर 2023 मा संयुक्त राज्यसंघको 78 औँ महासभाको Sidelinesमा न्यूयोर्कमा सम्पन्न भएको ।

उक्त बैठकमा नेपालको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदज्यूको नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

बिमस्टेकको अध्यक्ष राष्ट्र थाइल्याण्डको आयोजनामा २०७९ फागुन २५(तदनुसार ९ मार्च २०२३) का दिन १९औं बिम्स्टेक मन्त्रीस्तरीय बैठक र २०७९ फागुन २४ (तदनुसार ०८ मार्च २०२३) का दिन २३औं बिम्स्टेक परराष्ट्र सचिव/वरिष्ठ पदाधिकारीहरूको बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार उक्त दुवै बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रीमान परराष्ट्र सचिव श्री भरतराज पौड्यालले गर्नुभएको।

बिमस्टेककोभावीकार्यदिशातयारगर्नेप्रयोजनकालागिप्रवुद्धव्यक्तिहरूकोसमुह(Eminent Persons’ Group on the Future Direction of BIMSTEC)गठनभएको छ।

नेपालसरकारमन्त्रिपरिषद्कोनिर्णय अनुसार उक्तप्रवुद्धव्यक्तिहरूकोसमुहमानेपालकातर्फबाटपूर्वपरराष्ट्रसचिवतथासंयुक्तराष्ट्रसंघकालागिपूर्वस्थायीप्रतिनिधिश्रीदुर्गाप्रसादभट्टराईज्यूकोमनोनयन भएको छ।

बिमस्टेक वडापत्रलाई संघीय संसदबाट अनुमोदन गर्ने प्रक्रिया अगाडि बढेको छ।

बहुपक्षीय कूटनीतिको सञ्चालन

३३.संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री His Highness Sheikh Mohammed bin Rashid Al Maktoum को निमन्त्रणामा दुबईमा आयोजना भएको United Nations Framework Convention on Climate Change को 28th Conference of the Parties (COP28) को World Climate Action Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्माननीय प्रधानमन्त्रीज्यू गत २०८० मंसिर १३ देखि १७ गते(२९ नोभेम्बर -३ डिसेम्बर २०२३) सम्म सहभागी हुनुभएको। साथै,Global Stocktake (GST) High-Level Leaders’ Event on Adaptation विषयक छलफल कार्यक्रमलाई सम्माननीयप्रधानमन्त्रीज्यूलेसम्बोधन गर्नुभएको।

सम्मेलनमा नेपालले आयोजना गरेको High-Level Roundtable on Call of the Mountains: Who Saves us from the Climate Crisis? को अध्यक्षता गर्दै सम्माननीयप्रधानमन्त्रीज्यूलेजलवायु परिवर्तनबाट नेपाल जस्ता पर्वतीय मुलुकहरुले भोग्नुपरेका समस्यालाई अन्तरराष्ट्रिय समुदायका सामु जोडदार रुपमा प्रस्तुत गर्नुभएको र विपदबाट पर्न सक्ने जोखिमको पूर्व जानकारीमा सबैको पहुँच (Delivering Early Warnings for All) विषयक कार्यक्रममा नेपालको धारणा राख्नुभएको। जलवायु परिवर्तनका असरहरु कम गर्न नेपाल सरकारले चालेका कदमहरू र COP28 मा नेपालले उठाउने एजेण्डा र प्राथमिकताका क्षेत्रका बारेमा जानकारी गराउनु भएको ।

३४.सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति 17-21 सेप्टेम्बर, 2023 सम्म संयुक्त राष्ट्रसंघको 78 औं महासभामा सहभागी हुनुभएको। 21 सेप्टेम्बर 2023 मा सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको।

सम्बोधनमा प्रधानमन्त्रीज्यूले बहुपक्षीयताप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको समयानुकुल सुधार तथा पुनः संरचना गर्नुपर्नेमा जोड दिनुभएको।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्रीज्यूले विभिन्न उच्चस्तरीय फोरमहरुलाई सम्बोधन गर्नुभएको।

साथै विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा राष्ट्र संघीय उच्च अधिकारीहरुसँगका द्विपक्षीय भेटवार्ताहरुमा द्विपक्षीय एवं बहुपक्षीय साझा चासोका विषयमा छलफल भएको।

३५.सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले29 अक्टोबर- 1 नोभेम्बर 2023 सम्म नेपालको चारदिने भ्रमण गर्नुभएको।

महासचिव गुटेरेसले राष्ट्रपति श्री रामचन्द्र पौडेल, प्रधानमन्त्री श्री पुष्षकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउद लगायतसँगको भेटघाटका क्रममा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरीबी निवारण लगायत विषयमा छलफल गर्नुभएको।

साथै सो अवसरमा महासचिव गुटेरेसले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको। महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी हुनुभएको।

३६ .माननीय उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री श्री नारायण काजी श्रेष्ठज्यूको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले २०७९।११।१९ देखि कतारको राजधानी दोहामा आयोजित संयुक्त राष्ट्रसंघको अतिकम विकसित मुलुकहरूको पाचौँ विश्वसम्मेलनमा सहभागिता जनाएको। अतिकम मुलुकहरुको उक्त मञ्चले आगामी दश वर्षका लागि Doha Programmme of Action-DPOA लार्इ अगाडि बढाएको छ। सम्मेलनमा नेपालले आर्थिक पुर्नर्निमाण, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्यहरु समयमै हासिल गर्ने विषयमा अतिकम विकसित मुलुकहरु एकमत भएर प्रयास गर्नु पर्ने कुरामा जोड दिएको ।

३७.नेपालले ५ अप्रिल २०२३ देखि संयुक्त राष्ट्र संघ अन्तर्गत अतिकम विकसित मुलुकहरुको Global Coordination Bureauसमुहको नेतृत्व लिएको।

३८ .नेपाल संयुक्त राष्ट्रसंघको ६ मुख्य परिषद् मध्येको एक “आर्थिक तथा सामाजिक परिषद्”(ECOSOC)मा सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको। ८ जुन २०२३ मा राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको।

३९ .संयुक्त राष्ट्रसंघ महासभाको ५६ औँ प्लेनरी बैठकबाट नेपाल सन् २०२३ जनवरी १ देखि दुर्इ वर्ष अवधिका लागि Peacebuilding Commissionको सदस्यका रूपमा निर्वाचित भएको।

अन्तर्राष्ट्रिय सुरक्षा सुदृढ गर्ने मञ्चमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको।

आर्थिक कूटनीतिको सञ्चालन
४० .लण्डनस्थित नेपाली राजदूतावासले नेपाल र संयुक्त अधिराज्यबीच सन् 1923 मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा अक्टोबर ३१, 2023 मा सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको।

उक्त सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, वीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकमा विकास वित्तीय संस्थाका प्रतिनिधिहरु, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरु लगायतको उपस्थितिमा विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा छलफल केन्द्रित रहेको।

४१ . सरकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा मुलुक भित्र आर्थिक कूटनीतिको कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशस्थित नेपाली नियोगहरूलाई पनि सोहि अनुरूप परिचालन गरिएको।नियोगहरूले निर्यात व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवम् श्रमिक सचेतना अन्तर्गत औपचारिक माध्यमबाट रेमिटेन्स पठाउने तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी ल्याइएका स्कीम तथा सुविधा/सहुलियतका विषयमा जानकारीमुलक कार्यक्रम आयोजना गर्दै आएका।

४२ .२०७९।०९।१३ देखि नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा-केरूङ्ग नाका द्विपक्षीय व्यापारका लागि खुला गरिएको।

हिल्सा-पुराङ्ग नाका पनि एकातर्फि व्यापारका लागि खुला भएको। यसले नेपाल-चीन बीचको द्विपक्षीय व्यापार अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको।

४३ .२०७९।१२।१५ मा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत बीचको कोभिड संयन्त्रको वैठक ल्हासामा सम्पन्न भएको। वैठकको निर्णय अनुसार यही २०७९।१२।१८ देखि चीनसँगकोहिल्सा-पुराङ्ग र रसुवा-केरूङ्ग नाकाबाट यात्रुहरूको आगमन खुल्ने भएको।
सेवा प्रवाह

४४ .अक्टोबर ७, २०२३ मा दक्षिण इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समुहको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव नेपाल ल्याउन तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीहरुको उद्दारका लागि समन्वय गरिएको।

उद्दारका लागि परराष्ट्रमन्त्री स्वयम् इजरायल जानुभएको।

साथै सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजिकार्य भइरहेको।

साथैविदेशमासमस्यामापरेकानेपालीनागरिकलाईउद्धाररस्वदेशफिर्तिमासहजीकरणगर्न कूटनीतिक पहल गरिएको।यसको लागि बिदेशस्थित कूटनीतिक नियोगहरुलाई अधिकतम परिचालन गरिएको।

४५ .सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुको सक्रिय समन्वय र प्रयासमा सकुशल उद्धार गरिएको।

उद्धार प्रक्रियामा छिमेकी मित्रराष्ट्र भारत, चिन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको सहयोग रहेको।

४६ .राहदानी सेवा व्यवस्थित गरिएको।एक महिनाका लागि अग्रिम अनलाइन आवेदन (Pre-enrollment)फाराम खोल्न शुरू गरिएको।

यसबाट राहदानीका लागि सेवाग्राहीको भिड उल्लेख्य मात्रामा घटाउन सकिएको।

फाराम अस्वीकृत हुने समस्या सम्वोधन गरिएको।

जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट भरिने आवेदन फारामको कोटा बढाइएको। प्रेस विज्ञप्ति र विभिन्न सञ्चार माध्यमबाट राहदानी सम्बन्धी सूचना सम्प्रेषणभइरहेको।

करिब दुई बर्षलाई पुग्नेगरी राहदानी कपी मौज्दातमा राखिएको र थप राहदानी खरिदको लागि खरिद टेण्डर प्रक्रिया अगाडी बढाइएको।

४७ .कन्सुलर सेवा विभागले मिति २०८०।०४।२१ देखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ।

यसबाट सेवाग्राहीको पैसा र समय बचत हुनुका साथै विभागमा सेवाग्राहीको भिड उल्लेख्य मात्रामा घटाउन सकिएको।

४८ .विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षणमा मन्त्रालय, मातहतका विभाग तथा विदेशस्थित नियोगहरू परिचालित रहेका।

विदेशमा समस्यामापरेका नेपालीको समस्या समाधान, कानूनी उपचार, तथा उद्धारका कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको।

संरचनात्मक सुधार

४९ . यस मन्त्रालय तथा मातहतका विभाग र विदेशस्थित नियोगहरुबाट नेपाली नागरिकहरुलाई प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन मन्त्रालयको संगठन पुनसंरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्य भैरहेको। सोही सिलसिलामा पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णय समेत भैसकेको।श्रम गन्तब्य भएका यूरीपेली मुलुकहरुमा समेत नेपाली राजदूतावास खोल्ने विषयमा प्रारम्भिक छलफल भइरहेको।

परराष्ट्र मन्त्रालय
२०८०।०८।२२ गते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved