भारतको ‘प्रधानमन्त्री संग्रहालय’, जहाँ सजिएको छ नेपालले दिएको हात्तीको दाँत (हेर्नुहोस् ४० तस्वीर)

प्रधानमन्त्री सङ्ग्रहालयमा नेपालका राजा महेन्द्रले भारतका प्रधानमन्त्री नेहरुलाई दिएका हात्तीको दाह्रा समेत सजाइएको छ । महेन्द्र भारत भ्रमणमा जाँदा दाह्रामा बुट्टा कोरेर उपहार लगेका थिए । त्यहाँ नेपालबाट उपहार दिइएको मन्दिरको प्रतिमा समेत राखिएको छ ।

भारतको ‘प्रधानमन्त्री संग्रहालय’, जहाँ सजिएको छ नेपालले दिएको हात्तीको दाँत (हेर्नुहोस् ४० तस्वीर)

नयाँ दिल्ली । भारतका प्रथम प्रधानमन्त्री हुन्, जवाहरलाल नेहरू । उनी १६ वर्षसम्म बसेका निवासमा अहिले ‘प्रधानमन्त्री सङ्ग्रहालय’ बनाइएको छ । जुन नयाँ दिल्लीको मध्य भागमा छ ।

जुन निवास सन् १९६४ मा नेहरूको मृत्युपछि स्मारकमा परिणत भएको थियो । हालका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो स्मारकलाई सङ्ग्रहालय बनाएका छन् । १४ अप्रिल २०२२ मा उद्घाटन गरिएको प्रधानमन्त्री सङ्ग्रहालय अहिले सर्वसाधारण लागि खुला छ ।

जहाँ नेहरुको जीवनकालका सबै गतिविधिहरू छन् । उनका पुस्तकालय, सुतेको खाट, बैठक कक्ष सबै छन् । साथै उनलाई विभिन्न देशबाट आएका उपहार समेत सङ्ग्रहालयमा सजाएर राखिएको छ । सङ्ग्रहालयमा विषेशगरी नेहरूदेखि मनमोहन सिंहसम्म देशका १४ प्रधानमन्त्रीहरूको जीवन र योगदानलाई देखाइएको छ ।

अन्य पूर्वप्रधानमन्त्रीहरूलाई दिइएको उपहार पनि प्रदर्शनमा राखिएको छ । इन्दिरा गान्धी, मनमोहन सिंह, लालबहादुर शास्त्री र अटल बिहारी वाजपेयीलगायतसँग सम्बन्धित सामग्री पनि छन् । सङ्ग्रहालयको माथिल्लो तल्लामा प्रधानमन्त्री मोदीले गर्न लागेका विकास निर्माणको संरचनालाई ‘भर्चुअल हेलिकप्टर’बाट हेर्ने व्यवस्था मिलाइएको छ ।

भुईँ तल्लामा पूर्वप्रधानमन्त्री गुलजारीलाल नन्द, लालबहादुर शास्त्री, इन्दिरा गान्धी, पीवी नरसिंह राव, एचडी देवगौडा, आईके गुजराल, अटल बिहारी वाजपेयी र मनमोहन सिंहसंग सम्बन्धित ग्यालरीहरू छन् ।

पहिलो तल्लामा राजीव गान्धी, चन्द्र शेखर, मोरारजी देसाई र चरण सिंहलगायत सम्बन्धित ग्यालरीहरू छन् । साथै नेहरूको पुस्तकालय, बैठक कक्ष, सुत्ने कोठा (जहाँ उनको निधन भएको थियो) छन् ।

संग्राहलयमा समग्रमा सबै प्रधानमन्त्रीहरूको योगदान देख्न सकिने बनाइएको छ ।

प्रदर्शनीहरूमा पूर्वप्रधानमन्त्रीका फोटोहरू, भाषणहरू, भिडिओ क्लिपहरू, पत्रपत्रिकामा छापिएकामा समाचार र अन्तर्वार्ताहरू छन् । केही मौलिक लेखहरू समावेश छन्।

उनीहरूका हस्तलिखित कागजातहरू छन् । भारतको पुरानो झन्डा तथा पहिलादेखि हालसम्मको संविधानलगायत महत्त्वपूर्ण दस्ताबेजसम्म संग्राहलयमा देख्न सकिन्छ ।

प्रधानमन्त्री संग्राहलयमा नेपालका राजा महेन्द्रले भारतका तत्कालीन प्रधानमन्त्री नेहरुलाई दिइएको हात्तीको दाह्रा समेत राखिएको छ । महेन्द्र भारत भ्रमणमा जाँदा दाह्रामा बुट्टा कोरेर लगेका थिए । साथै नेपालबाट उपहार दिइएको मन्दिरको प्रतिमा समेत सजाइएको छ ।

हेरौँ ४० फोटोहरू

प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको बैठक कोठा ।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको कोठा र खाट, जहाँ सुतेकै अवस्थामा उनको निधन भएको थियो ।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको कोठाको ढोका ।

प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको कार्यकक्ष ।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको पुस्तकालय ।
पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको कोठा ।
पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको बैठक कक्ष ।
नेपालका राजा महेन्द्रले भारतका तत्कालीन प्रधानमन्त्री नेहरुलाई दिइएको हात्तीको दाह्रा ।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको हस्तलिखित दस्तावेज
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भाषण गर्दै ।
१९४७ मा  जम्मूकश्मीरमा भएको युद्धको फोटो ग्यालरी ।
भारतको पुरानो झन्डा।
भारतको पहिलो आमचुनावको फोटो।
१९ डिसेम्बर १०६१ को दिन गोवा मुक्त भएपछि जवाहरलाल नेहरू।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको निधनपछि प्रकाशित समाचारहरू।
विभिन्न देशबाट आएका उपहार।
नेपालका राजा महेन्द्रले भारतका तत्कालीन प्रधानमन्त्री नेहरुलाई दिइएको हात्तीको दाह्रा ।
‘नेपालका राजा महेन्द्रले भारतका तत्कालीन प्रधानमन्त्री नेहरुलाई दिइएको हात्तीको दाह्रा ’ भनेर लेखिएको क्याप्सन ।
नेपालबाट उपहार दिइएको मन्दिरको प्रतिमा।
‘नेपालबाट उपहार दिइएको मन्दिरको प्रतिमा ’ लेखिएको क्याप्सन।
भारतका अहिलेसम्मका प्रधानमन्त्रीहरू ।
सङ्ग्रहालयभित्र सबै पूर्वप्रधानमन्त्री तथा हालका प्रधानमन्त्री मोदीको फोटो ।
भारतको राष्ट्रिय प्रतीकको प्रतिमा, जुन हावामा अडिएको छ । (चुम्बकीय शक्तिबाट)

नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

सानो चर्खा ।
अन्नबाली, किसान र सेनाको प्रतिमा ।
प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू रेडिया स्टुडियोभित्र रहेको प्रतिमा । त्यो बेलाको अन्तरवार्ता मोबाइल एप्समार्फत सुन्न सकिन्छ ।
सन् १९६५ को भारत पाकिस्तान युद्ध समाधान गर्न भारत र पाकिस्तानबीच १० जनवरी १९६६ मा तास्कन्द घोषणापत्रमा हस्ताक्षर भएको थियो। त्यो सम्झौताको फोटो ।
त्यतिबेला पत्रपत्रिकामा छापिएको समाचार ।
कश्मीर युद्धको सम्झनास्वरुप त्यहाँको माटो र युद्धमा प्रयोग भएको हतियार ।

दुनियाँ मन्दीमा रहँदा भारतमा आर्थिक कायापलट हुँदै, यस्तो छ तीव्र विकास गर्ने ‘गतिशक्ति मास्टर प्लान’

सङ्ग्रहालयमा डिजिटल रूपमा राखिएको संविधान अवलोकन गर्दै दर्शकहरू ।   

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved