माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै

नेपालभ्युज

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

माओवादीले जनतासँग जोडिन अभियान चलाएपनि कार्यक्रम प्रभावकारी हुन नसकेको कार्यकर्ताहरुले बताएका छन् ।

साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । यसअघि मंसिरको १६ गते समापन गर्ने भनिए पनि माओवादीले अभियान एक महिना थप गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved