गायक रोशन बालुवाको नयाँ गीत ‘मायाकै संसार’ सार्वजनिक 

नेपालभ्युज

काठमाडौं । गायक रोशन बालुवाले आफ्नै भोकलमा नयाँ गीत ‘मायाकै संसार’ सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा पाइला चालिरहेका बालुवाले भर्खरै मात्र लोक पप जनराको नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक रोशन बालुवासंगै गायिका प्रविशा अधिकारीको आवाजलाई पनि सुन्न सकिन्छ । यस गीतमा शब्द लेखु सहयात्रीको रहेको छ भने संगीत रोशन बालुवा आफैले भरेका छन् । मदन खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अभिनय भने मोडल उशा उप्रेती र दिनेश तामाङको रहेको छ ।

त्यस्तै, करन चैसिरले छायांकन गरेका छन् भने बिकाश ग्यवालिको सम्पादन रहेको यस म्युजिक भिडियो ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रेमका भावहरूले ओतप्रेत भएका यस गीतका शब्दहरु गुनगुनाई रहँदा आफूलाई प्रेमील संसारमा हराएको महशुस भएको गायक बालुवा बताउँछन् । उनी भन्छन्, ‘यो गीत को शब्द शब्द लाई बुझेर त्यसमा डुबेर गाउँदा म आफैँ प्रेमको संसारमा हराएको जस्तो महशुस हुन्छ,’ उनले भने ‘यो मेरो म्युजिकल करियरको पहिलो फरक जनराको काम हो तर पनि, गीतप्रति न्याय गरेको छु भन्नेमा म ढुक्क छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved