रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

नेपालभ्युज

रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ ।

जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

सोमबार बिहान सीता एयरलाइन्सको ९०६ उडान नम्बरको जहाज सुरक्षित अवतरण गरेको छ ।

अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको छ । अहिले मर्मत भइरहेको प्रवक्ता झाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved