इलाममा मतगणना स्थल थपियो, बेलुका सम्ममा गणना सक्ने तयारी

नेपालभ्युज

इलाममा मतगणना स्थल थपियो, बेलुका सम्ममा गणना सक्ने तयारी

काठमाडौं । इलाममा जारी मतगणनाको परिणाम छिटो निकाल्न गणना स्थल बढाइएको छ ।

बिहानबाट ३ स्थानबाट मतगणना सुरु गरिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको जानकारी दिए । ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ ।

फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना भइरहेको छ ।

हिलेसम्म २२ हजार भन्दा बढी मत गणना भइसकेको छ । आज बेलुकासम्ममा अन्तिम परिणाम आउने गरि मत गन्ने काम भइरहेको यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved