छठ पर्वका लागि यसरी सिंगारियो पोखरी (तस्वीरहरु)

छठ पर्वका लागि यसरी सिंगारियो पोखरी (तस्वीरहरु)

जनकपुरधाम । छठ पर्वको अर्घ दिन लागि जनकपुरधामस्थित पवित्र सरोबर गंगा सागर, धनुषसागर, अंगराज सर, दशरथ तलाउलगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूको घाट छठ पर्व मनाउन सजाउने कार्य तीव्र रूपमा भइरहेको छ ।

प्रत्येक वर्षझैँ यसवर्ष पनि जनकपुरधामस्थित पोखरी तलाउहरू सरसफाइ गरी कपडा पण्डाल सहित झिलिमिली विद्युतीकरण गरी नवदुलही झैँ सिँगारिएको छ ।

छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट पूजा समितिले जानकारी दिएको छ ।

गंगा सागर छठ पूजा मूल समितिका संयोजक अशोकलाल दासले सरसफाइ गरी घाट सजाउने कार्य अन्तिम चरणमा रहेको बताए । उनले पूजा दर्शनका छठीमाताको मूर्ति बनाउने कार्य पनि अन्तिम लगभग सकिन लागेको बताए ।

यस वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले ‘नम्बरिङ’ गरेको छ । पोखरीको चारैतिरका डिलमा करिब पाँच हजार जति बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने गरी तयारी गरिएको समितिले जनाएको छ ।

समितिका संयोजक दासका अनुसार सरसजावट पूजा व्यवस्थापनका लागि समितिले यस वर्ष प्रति परिवार अर्घको हिसाब साढे पाँच सय रुपैयाँ सहयोग राशि शुल्क निर्धारण गरेको छ।

जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved