भूकम्पका घाइते र कुरूवाको हवाई भाडा नलिने निगमको निर्णय

नेपालभ्युज

भूकम्पका घाइते र कुरूवाको हवाई भाडा नलिने निगमको निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा नलिने  निर्णय गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत  यस्तो  निर्णय भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने  समेत निर्णय भएको छ ।

शुक्रबार रातिको भूकम्पपछि शनिबार बिहान काठमाडौंबाट निगमका विमानहरुले तत्काल उद्धार उडान समेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved