दुवै जिल्लामा मर्यादित र शान्तिपूर्ण रुपमा मतदान जारी, इलाममा २५ प्रतिशत मत खस्यो

नेपालभ्युज

दुवै जिल्लामा मर्यादित र शान्तिपूर्ण रुपमा मतदान जारी, इलाममा २५ प्रतिशत मत खस्यो

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदान प्रक्रिया शान्ति पूर्णरुपमा भइरहेको छ ।

दुवै जिल्लामा बिहान ७ बजेबाट सुरु भएको मतदानमा उत्साहका साथ नागरिक सहभागी भएका हुन् । इलाममा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

त्यस्तै बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र एकको क का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मर्यादित र शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जानकारी दिए ।

त्यहा अहिले सम्म १५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । त्यहाँ ६१ हजार ७४८ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ । सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ ।

साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने शाहले बताए । मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved