सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

नेपालभ्युज

सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् ।

उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताए । उनले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै उनले कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए ।

उनले सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने बताए । उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए । उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितलाई न्याय दिने क्रमको सुरुवात हुने बताए ।

उनले भने ‘सहकारी पीडितहरुलाई समाउने, कानूनी प्रक्रियामा लिएर जाने, अदालती प्रक्रियामा लिएर जाने कुराहरु हिजोपनि भएका हुन् । अझैपनि हुन्छ । जतिपनि फरार रहेका, सम्पर्कमा नआएकाहरुका केशमा हामी असाध्यै धेरै मेहनत र बल लगाएर काम गरिरहेका छौँ ।’

‘मैले यो प्रस्ताव  लिएर जानुको अर्थ के हो भने, सहकारी पीडितको वचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्ति समेत खोजेर त्यस्ता सम्पत्ति ततत्काल रोक्का गरी यथाशिघ्र लिलाम गरेर गरिबको पैसा तिर्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ’ उनले भने, ‘कानूनी प्रक्रिया, अनुसन्धानको लामो प्रक्रियामा जाँदा आजसम्म कयौँ मान्छेहरुले आफ्नो छोराछोरीको विद्यालयको फि तिर्न सकेका छैनन् । उपचारको पैसा तिर्न सकेका छैनन् । ऋण तिर्न सकेका छैनन् । व्यवसाय खत्तम भइसकेको छ ।’

उनले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरुका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved