कोशी प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपालभ्युज

कोशी प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए शपथ

विराटनगर ।  एमालेको असहमतिका बाबजुद  मुख्यमन्त्री कार्कीले शुक्रबार नियुक्त गरेका  नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुले द तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनिहरुको कार्यविभाजन भने भएको छैन ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् ।

चारै मन्त्रीहरुको आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धनक नेताले बताएका छन् । मन्त्रीपरिषद्मा गठबन्धनलाई भित्र्याएपछि सरकारबाट बाहिरिने एमालेले तयारी गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved