इलाम–२ को मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

नेपालभ्युज

इलाम–२ को मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । २०७४ को स्थानीय तह चुनावमा चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको निर्वाचन आयोगले त्यसयता तारजाली प्रयोग गर्दै आएको छ ।

गौतम बुद्ध सभागृह (सिटी हल) मा तारजाली लगाइएको र मतगणना भइरहेको छ ।

‘सुरक्षा सहजताका लागि मतगणना गर्ने स्थानमा तार जाली प्रयोग गरेका छौँ । साथै प्रत्यक्ष निगरानीका लागि सिसिटिभी क्यामरा समेत जडान गरेका छौँ’ मुख्य निर्वाचन अधिकृतले बताए ।

बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।

मतगणनाका क्रममा आउन सक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved