इलाममा कांग्रेसका खड्कासँग पछि परे एमालेका सुहाङ

नेपालभ्युज

इलाममा कांग्रेसका खड्कासँग पछि परे एमालेका सुहाङ

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेपाल कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्काले ६५७ मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ मत र रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं १ को मतगणना सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved