महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला

नेपालभ्युज

महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरूको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने बताउँदै उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।

‘महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नुहुँदैन’ कोइरालाले भने, ‘उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । सबै महिला एक सय एक छन् ।’

कोइरालाले आफ्नो जन्मदिनको स्मरण गर्दै भने, ‘बिपी कोइरालाका तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म’ उनले भने, ‘तीन वर्षसम्म आइमाइकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’

नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved