सार्वजनिक बसमा धक्का खाँदै हिँड्छन् आमिर खानका छोरा

नेपालभ्युज

सार्वजनिक बसमा धक्का खाँदै हिँड्छन् आमिर खानका छोरा

एजेन्सी। ५८ वर्षका आमिर खान तीन बच्चाका बुबा हुन् । अभिनेताकी पहिलो श्रीमती रीना दत्तासँग उनका दुईजना बच्चा छन् । छोरी आयरा र छोरो जुनैद खान । श्रीमतीसँग सम्बन्धविच्छेदपछि पनि आफ्ना छोराछोरीसँग भने उनी सधैं नजिक छन् ।

आमिर खानले तत्कालै दिएको एक अन्तरवार्तामा ठूलो छोरो जुनैद जो ३० वर्षका भइसकेका छन् उनको बारेमा रोचक कुरा बताएका छन् । उक्त अन्तरवार्तामा आमिरले भने उनको छोरो अहिले पनि सार्वजनिक यातायात प्रयोग गर्दछ ।

आमिरले भने, “जुनैद केही फरक छ । ऊ आफ्नो इच्छाअनुसार आफ्नो जीवन जिउन चाहन्छ । जुनैद अहिले ३० वर्षको भइसकेको छ । उसका लागि मैले सधैं एउटा कार किन्न चाहन्थें । तर, अहिले पनि उसले मलाई कार किन्न दिएको छैन ।” आमिरले अगाडि भनेअनुसार छोराले अहिले पनि सावर्जनिक यातायातको प्रयोग गर्छन् । उनी बस र रेलहरूबाट नै यात्रा गर्ने गरेको आमिरले बताए ।

आमिर आफ्नो छोराको बारेमा अगाडि भन्छन्, “केही समय पहिलो ऊ पुडुचेरीमा थियो । उसले मलाई भन्यो ऊ साथीको विवाहका लागि त्यहाँबाट बैंगलोर गइरहेको छ । मैले सोधें, फ्लाइट कुन समयमा छ ? उसले भन्यो– म बसबाट जाँदैछु । उसले सबै आफैँले गर्न चाहन्छ ।”

आमिरले छोरा जुनैदलाई आफ्नो सबैभन्दा ठूलो आलोचकसमेत बताए । उनले जीवनमा यदि कसैसँग डर लाग्छ भने त्यो हो मेरो छोरा । ऊ एकदमै कडा तथा स्ट्रिक्ट भएको बताए । छोराको कुनै बैठक तथा कार्यक्रमका लागि यदि आमिर ढिला भए भने छोराले गाली गर्ने बताए । त्यसैले, छोराले बोलाएको ठाउँमा उनी समय अगाडि पुग्ने गरेको पनि बताए । छिट्टै नै जुनैद पनि आफ्ना बुबाजस्तै फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved