इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

नेपालभ्युज

इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

काठमाडौं । इलाम क्षेत्र नं.२ मा हिजो भएको मतदानको मतगणना अगाडि सर्वदलीय बैठक बोलाइएको छ ।

बिहान ७ बजे बस्ने सर्वदलीय बैठक पछि गणना सुरु गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ । इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। यहाँ १९ उम्मेदवार चुनावी मैदानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved