किसिंग सीन गरेपछि रोएकी थिइन् १५ वर्षकी रेखा

नेपालभ्युज

किसिंग सीन गरेपछि रोएकी थिइन् १५ वर्षकी रेखा

एजेन्सी । बलिउड अभिनेत्री रेखामाथि १५ वर्षको कलिलो उमेरमै त्यस्तो घटना घटेको थियो जसलाई अहिलेसम्म उनले बिर्सन सकेकी छैनन् ।

रेखाले १५ वर्षको उमेरमा बंगाली अभिनेता विश्वजीत चटर्जीसँग ‘अन्जना सफर’ नामक फिल्ममा काम गरेकी थिइन् । शुटिंगका बेला विश्वजीत चटर्जीले रेखासँग गलत व्यवहार गरेका थिए ।

अभिनेताले रेखालाई जबरजस्ती पाँच मिनेटसम्म चुम्बन गरेका थिए । यो सीन सकिएपछि रेखा एकदमै धेरै डराएकी थिइन् ।

उक्त फिल्म रिलीज भएपछि पनि एकदमै विवादमा आएको थियो । विश्वजीत चटर्जीले यो घटनालाई लिएर भनेका थिए ‘यो सीन फिल्मका लागि एकदमै जरुरी थियो र यो उपाय निर्देशकले नै दिएका थिए ।’

रेखा भने अहिले पनि उक्त सीन सम्झँदा डराउँछिन् । उनलाई त्यतिबेला त्यो सीन मात्र नभएर विश्वजीतले त्यसको फाइदा पनि उठाएको भान भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved