सम्बन्धविच्छेदको ३ वर्षपछि प्रेममा परे अभिनेता नागा, चर्चित अभिनेत्रीसँग गोप्य डेटिङ

नेपालभ्युज

सम्बन्धविच्छेदको ३ वर्षपछि प्रेममा परे अभिनेता नागा, चर्चित अभिनेत्रीसँग गोप्य डेटिङ

काठमाडौं । सम्बन्धविच्छेदको ३ वर्षपछि दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य आफ्नो रिलेशनसिपलाई लिएर चर्चामा छन् ।

हालै उनी अभिनेत्री सोभिता धुलिपलासँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेत्री सामन्था रूथ प्रभुसँग डिभोर्स भएपछि नागा धुलिपलासँग डेट गरिरहेको दाबी छ । तर, दुवै जनाले सम्बन्धबारे आधिकारिक रूपमा स्वीकारेका छैनन् । तर, हालै उनीहरूले एकै ठाउँमा घुमेको तस्वीर सार्वजनिक गरेका छन् ।

सोही तस्वीरको कारण फ्यानहरूले उनीहरू डेट गरिरहेको अनुमान गरेका छन् । नागाले सामाजिक सञ्जालमा जीपमा बसेको तस्वीर पोष्ट गरेका छन् भने धुलिपलाले पनि सोही स्थानमा जीपमा बसेको तस्वीर सार्वजनिक गरेकी छन् ।

दुवै तस्वीरको पृष्ठभूमी समान रहेको छ । नागाको सामन्थासँग सन् २०१७ मा विवाह भएको थियो । तर, चार वर्षपछि सन् २०२१ मा उनीहरूले सम्बन्धविच्छेद गरे । ३१ वर्षिया धुलिपला अविवाहित हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved